Logo
१२ बैशाख २०८१, बुधबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ विश्वकप छनोटमा नेपाललाई लाग्यो झड्का, UAE एक रनले विजयी

काठमाडौं : यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यका साथ मलेसिया पुगेको नेपालले झड्का व्यहोरेको छ ।

नेपालले हरि चौहान र भीम सार्कीको अर्धशतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको UAE ले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो । पानीले बिथोलेको खेलमा नेपाल यूएईसँग डीएल मेथडका आधारमा मात्र एक रनले हारेको छ ।

लगातार पानी परेपछि डीएल मेथडबाट UAE मात्र एक रनले विजयी भएको घोषणा भयो । नेपालको सुरुवात राम्रो थिएन । २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । रित गौतमले ४४ रन जोडे ।

तर, डीएलमा जाँदा राम्रो सुरुवात गर्न नसक्दाको मूल्य चुकाउन पुग्यो । ६ देशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष टोली यू-१९ विश्पकपमा पुग्नेछ । सबै देशले २/२ खेल खेल्दा कुवेत र ओमानको समान ४/४ अंक छ भने नेपालको र ओमानको २/२ अंक छ । मलेसिया र सिंगापुर भने अंकबिहीन छन् ।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्