Logo
११ बैशाख २०८१, मंगलबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजापाको महाधिवेशनको मिति नतोकिँदै मुल आयोजक समिति गठन, कार्यकर्ता उत्साहित

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महाधिवेशन मिति नतोकिँदै मुल आयोजक समितिको संयोजक तोकेको छ ।

वैशाख ७, ८ र ९ गते पार्टीको महाधिवेशन गर्ने तय भएको थियो । तर, तयारी नपुगेको भन्दै अर्को मिति तोक्ने निर्णय अध्यक्षमण्डलको बैठकले गरेको छ । मिति तोक्नुभन्दा पहिले नेता तथा कार्यकर्ताको उत्साह बढाउनका लागि अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई महाधिवेशन मुल आयोजक समितिको संयोजक तोकेको छ ।

महाधिवेशन हुने कि नहुने अन्योल रहेको बेला संयोजक नै तोकेपछि कार्यकर्तामा उत्साह थपिएको र महाधिवेशनको तयारी पनि द्रुत गतिमा अगाडि बढेको अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताए । महाधिवेशन मुल आयोजक समिति संयोजकलाई अझ शक्तिशाली बनाउनुपर्ने र महाधिवेशन कार्यलाई समयमा पुरा गर्नुपर्ने बताए ।

महन्थ ठाकुरलाई संयोजक बनाउन आफूले विरोध गरेको कुरा पार्टीभित्रैबाट कतिपयले गलत प्रचार गरिरहेको प्रति आपत्ति जनाउँदै आफूले त आयोजक समितिको संयोजकलाई झन शक्तिशाली र अधिकार सम्पन्न बनाएर महाधिवेशन समयमा टुग्यांउन तिर लागेको अध्यक्षमण्डलका सदस्य यादवले बताए ।

उनले तोकिएको समयमा मुख्यतः तीन कारणले महाधिवेशन हुन नसकेको उनले बताए । उनले भने, ‘जनमुक्ति पार्टीसँग एकीकरण भएको छ । तर, त्यो पार्टी पूर्णरुपमा समायोजन भएको छैन । त्यसले पनि महाधिवेशनलाई प्रभाव पारेको छ ।’ राजपा नेपाल आन्दोलनमा भएको हुनाले नेता तथा कार्यकर्ता त्यसमा अल्झेको कारण महाधिवेशनलाई प्रभाव पारेको तथा सदस्यता वितरण गर्ने काम समयमा नटुगिंएको कारणले पनि प्रभावित भएको उनले दावी गरे ।

अब राजपा नेपालले आन्दोलन र महाधिवेशनको तयारी एकैसाथ अगाडि बढाउने बताउँदै उनले वैशाख ८ गते बस्ने पदाधिकारी समितिको बैठकले महाधिवेशनको अर्को मिति तोक्ने बताए । अब तोकिने मितिमा नै महाधिवेशन गर्ने पार्टी प्रतिवद्ध रहेको बताउँदै उनले संगठनलाई बलियो बनाउनका लागि पूर्ण महाधिवेशन गराउनुपर्ने बताए ।

पार्टीमा विशेष महाधिवेशनको कुरा उठिरहेको बेला अध्यक्षमण्डलका सदस्य यादवले विशेष महाधिवेशन पार्टी निर्माण नहुने र कार्यकर्ता पनि प्रशिक्षित नहुने भएकाले वडा तहबाट नै अधिवेशन गराएर त्यसको प्रतिनिधिबाट लोकतान्त्रिक प्रकृयाबाट महाधिवेशन सम्पन्न गराउन पार्टी प्रतिबद्ध रहेको उनले बताए ।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्