Logo
८ बैशाख २०८१, शनिबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालद्वारा UAE सामू २४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : १९ वर्ष मुनीको विश्वकप छनोट खेलमा नेपाल र UAE खेलिरहेका छन । आफ्नो दोस्रो खेलमा नेपालले शनिबार UAE लाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा नेपालले ५० ओभरमा जम्मै विकेट गुमाएर २४७ रन बनाएको हो ।

नेपालका लागि हरि चौहानले नटआउट ६७ र भीम शार्कीले ५३ रन प्रहार गरेका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि रित गौतमले ४४ र आरिफ शेखले २७ रन बनाएका थिए । UAE का लागि रिषभ मुखर्जीले ४ र महम्मद फजरुद्दिनले ३ विकेट लिएका थिए । नेपालले प्रतियोगिताको पहिलो खेल सिंगापुरविरुद्ध खेलेको थियो ।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्