Logo
११ बैशाख २०८१, मंगलबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वटा चिनियाँ जहाजबाट एक वर्षमै साढे ६० करोड घाटा

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार निगमलाई २०७४ ७५ मा उक्त घाटा भएको छ ।

निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ मार्फत २८ करोड ९७ लाख गरी वर्षमै ६० करोड ६१ लाख रुपैयाँ खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ ।

२०७५ ७५ को एक आर्थिक वर्षमा एमए ६० ले २० करोड ६४ लाख सञ्चालन आम्दानी गरेको थियो । एक वर्षमा भएको खर्च घटाउँदा एमए ६० मा मात्रै ३१ करोड ६४ लाख खुद घाटा छ । पत्रपत्रिकाबाट

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्