Logo
७ बैशाख २०८१, शुक्रबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ विश्वकप छनोट : सिंगापुरविरुद्ध नेपालको शानदार जित, सिंगापुर ६५ रनमै अलआउट

क्वालालम्पुर, मलेसिया :  १९ वर्षमुनीको विश्वकप छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको हो।

नेपाललाई जित दिलाउने क्रममा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन भएको थियो। नेपाली बलहरूको कसिलो बलिङसामू सिंगापुरका खेलाडी टिक्न सकेनन्। सिंगापुरका इसान सोनी २८ र साई बेनुगोपाल १८ रनमा आउट भए भने अन्य खेलाडीले नेपाली बलरसामू दोहोरो अंक पनि बनाउन नपाइ आउट भएका थिए। नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमा अलआउट भएको थियो।

नेपालका लागि पवन सर्राफले ३, कुशल मल्ल, सूर्य तामाङले समान २-२ विकेट लिएका थिए। १ विकेट रसिद खानको नाममा रह्यो। सिंगापुरका दुई खेलाडी रनआउट भएका थिए। नेपालले कप्तान रोहितकुमार पौडेलको ९५ रनको मद्दतमा २८२ रन बनाएको थियो।

मलेसियाको क्वालालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा सिंगापुरले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले सुरुवात राम्रो गर्न सकेन। नेपालका ओपनर रित गौतम व्यक्तिगत १ रनमा आउट भए। त्यसपछि आरिफ शेख ८ रनमा आउट भए। कमै स्कोरमा २ विकेट गुमाएको नेपालको इनिङलाई पवन सर्राफ र रोहित कुमार पौडेलले उकासेका थिए। नेपालको १०८ रन हुँदा पर्वन् सर्राफ ४७ रन बनाउँदै आउट भए।

त्यस्तै चौथो विकेट सन्दीप जोरा शून्यमा आउट भए। पाँचौं विकेट नेपालको १४४ रन हुँदा पतन भयो। पाँचौ विकेटका लागि भीम सार्की २६ रन बनाउँदै पेभिलियन फर्किए।। छैटौं विकेटमा कुशल मल्ल १० रन बनाउँदै आउट भए। सातौ विकेटका रासिद खानको गएको थियो। उनले ४८ रन बनाएका थिए। आठौं विकेटका रूपमा पवेलियन फर्किएका कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए। सिंगापुरका प्रमेश सिंघावीले ४ विकेट लिए भने रउल शर्मा र विनित मेहताले समान २-२ विकेट लिए। प्रतियोगिताको दोस्रो खेल नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्नेछ।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्