Logo
७ बैशाख २०८१, शुक्रबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वादमा टर्रो भएतापनि स्वास्थ्यका लागि फाइदाजनक मानिने अमलाको यस्ता छन् फाइदा

काठमाडौँ :  स्वास्थ्यको लागि निकै फाइदाजनक फल अमला खाँदा अमिलो टर्रो भएपनि केही समयपछि मुख नै स्वादिलो मिठो बनाउँछ । गर्मी मौसममा अत्याधिक रुचाइने फल अमला बहुगुणी फल हो । अमला मात्रै हैन अमलाको छहारीमा बस्दा पनि स्वास्थ्यमा निकै फाइदा पुग्छ । अमलाको सेवनले युवाहरुमा यौवन शक्ति प्रदान गर्छ । वृद्धअवस्थाका व्यक्तिलाई जोस र जाँगर दिलाउँछ ।

अमलालाई अन्य विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । अमलाको चुर्न बनाएर हर्रो र बर्रोको धुलो बराबर मिसाएर खाने गर्दा दिशा खुल्छ । सुकेको अमलालाई चुर्न बनाएर पानीसँग खाँदा आउँ, अपच, कब्जियत जस्ता समस्याहरु तुरुन्तै हटेर जान्छ । अमलाले खाना रुचाउने, नाथ्री फुटेको, रगत बढी बग्ने, रक्त श्राव हुने जस्ता समस्यालाई कम गर्छ । अमलाको नियमित सेवन गर्दा मुख सुक्ने, जिउ तातिने, हातगोडा पोल्ने जस्ता समस्या भएमा अमला भिजाएको पानीमा मिश्री राखेर खाँदा निको हुन्छ ।

अमलाको चुर्नमा तोरीको तेल वा चमेलीको तेल मिसाएर छालामा लगाउँदा चिलाउने समस्या कम हुन्छ । अमलाको चुर्नमा गाईको घ्यू वा मह मिसाएर नियमीत सेवन गर्दा मोतिबिन्दु वा आँखाको रोगलाई निको पार्छ । बहुउपयोगी अमलाले दाँत मोल्ने, अमलाको पानीले मुख कुल्ला गर्ने, गरेमा स्वास गन्हाउने जस्ता समस्याहरु हट्छ । कपाल झर्ने समस्याको लागि अमलाको चुर्नलाई रातभर भिजाएर कपाल मालिस गर्दा चाया पर्ने वा कपाल झर्ने समस्या कम हुनुको साथै कपाल लामो र चम्किलो बन्छ ।

भिटामिन सिको भण्डारको रुपमा लिइने अमलाले स्कर्भी, छालाको रोग, रक्त नली र मुटुको समस्या हुनबाट बचाउँछ । दैनिक अमलाको सेवन गर्ने व्यक्तिमा अपच, ग्याष्ट्रिक, कब्जियत जस्त पेट सम्बन्धि समस्याहरु हुँदैन् । अमलालाई सुकाएर बनाइएको चुर्नलाई दूधमा मिसाएर खाने गर्दा पेटसम्बन्धि कुनै पनि प्रकारको आक्रमणहरु हुन पाउँदैन् ।

मेटाबोलिजमको शरिरको तौल बढाउने भएकाले अमला खाँदा कोलेस्टेरोल घट्नुको साथै हृदय सम्बन्धी रोगहरु लाग्न पाउँदैन् । भिटामिन सिको मात्रा बढी भएकाले कब्जियतको समस्यालाई नियन्त्रण गर्छ । भिटामिन सिले अत्याधिक मात्रामा शरिरलाई उर्जावान राख्नको लागि र अनुहारमा थप चमक ल्याउन पनि भिटामिन सिले सहयोग गर्छ ।

जान्नुहोस् जाडो समयमा अमला बढी किन खाने ?

१. अमलामा पाइने क्याल्सियम, प्रोटिन , भिटामिन, मिनरल्स जस्त तत्वहरुले शरिरमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । अमलाको नियमित सेवनले महिलाहरुमा देखिने स्वास्थ्य सम्बन्धि समस्याबाट मुक्ति दिन्छ ।

२. अमलाले कपाल बाक्लो हुने र चम्किलो र कालो बनाउन सहयोग गर्छ । कपाल टुक्रन दिँदैन् । अमला खानु भन्दा त्यसलाई पिसेर लगाउनु अझ स्वास्थ्यबर्दक रहेको छ ।

३. पानीको मात्रा बढी हुने भएकाले अमलाले पिसाबसम्बन्धी विभिन्न समस्यालाई हटाउँछ । नुन र एसिडको मात्रालाई अमलाले पिसाब मार्फत बाहिर निकाल्ने काम गर्छ । अमलाको अत्याधिक सेवन गर्दा युरिक एसिड सम्बन्धि समस्या कम हुँदै जान्छ ।

४. अमलाको रसमा मह मिसाएर खानु आँखाको लागि निकै राम्रो हुन्छ । जसले रतन्धो, मधुमेह जस्ता समस्या हुन दिँदैन् ।

५. मधुमेह रोगको लागि अमला निकै लाभदायक रहेको छ । जसले चिनीको मात्रालाई नियन्त्रण गर्छ । अमलाले शरिरलाई थप उर्जा दिन्छ । अमलामा फाइबर पाइने भएकाले पाचन प्रक्रियालाई बलियो बनाउँछ भने कब्जियत र पखला जस्ता समस्यालाई समाधान गर्छ ।

६. अमलाको सेवनले अनिन्द्रा, बुढ्यौलीपन, जस्ता समस्यालाई कम गर्छ ।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्