Logo
११ बैशाख २०८१, मंगलबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबार रिलिज : ए मेरो हजुर-३ भर्सेज यात्रा-द म्युजिकल भ्लग

काठमाडौं :  यो शुक्रबार दुई नयाँ चलचित्र एक साथ हलमा लागेका छन् । जसमा ए मेरो हजुर-३ र यात्रा- द म्युजिकल भ्लग छन् ।

ए मेरो हजुर-३ झरना थापाको निर्देशनमा सुनीलकुमार थापाले निर्माण गरेका हुन् । सम्राट शाक्यको निर्देशन रहेको यात्रालाई केशव भट्टराई, सुशील पोखरेललगायतले निर्माण गरेका हुन् । भट्टराई चलचित्र विकास बोर्डका अध्यक्ष पनि हुन् । उनले एकसाथ नेपाली चलचित्र रिलिज गर्न रोक लगाउनुपर्नेमा आफ्नै चलचित्र अरुसँग जुधाएका छन् ।

झरना पुत्री सुहाना थापाले हिरोइनका रूपमा डेब्यु गरेको ए मेरो हजुर-३ मा अनमोल केसी, सलोन बस्नेत, अर्पण थापालगायत कलाकारले अभिनय गरेका छन् । ए मेरो हजुर-२ मा भने अभिनेत्री झरनाले निर्देशन गरेको दोस्रो चलचित्र हो । यसअघि उनले गत वर्ष ए मेरो हजुर-२ निर्देशन गरेकी थिइन् ।

यात्रामा भने सलिनमान बनियाँ, राजाराम पौडेल, सलोन बस्नेत, मलिका महत, रेअर राई, जाहान्वी बस्नेतलगायत कलाकारले अभिनय गरेका छन् । कलेजको असाइन्मेन्ट पूरा गर्न यात्रामा निस्किएका युवायुवतीको जीवनमा आएको परिवर्तनको विषय चलचित्रमा समावेश छ ।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्