Logo
४ बैशाख २०८१, मंगलबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लहानमा अवैध सुनसहित १ जना पक्राउमा

लहान :  प्रहरीले सिरहाको ग्रामीण भेगबाट करिब ३ लाख रुपैयाँ मूल्य पर्ने अवैध सुनसहित १ युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति ११ बज सवारी साधन जाँचको क्रममा ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपुर घर भएका २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका २१ स्थित पिप्रा टोलमा सवारीसाधन जाँच गर्ने क्रममा राइनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राइनलाई २ लाख ८१ हजार ५९ रुपैयाँ मूल्य पर्ने ५० ग्राम अवैध सुनसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए। स. ६ प. ६८०१ नम्बरको मोटरसाइकल चढेर ग्रामीण भेगको भित्री सडक हुँदै घर आउँदै गरेका राइनलाई अवैध सुनसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि माडर भन्सार कार्यालय खैरटोकामा बुझाइएको प्रहरीले जनाएको छ।

पछिल्लो ३ महिनाको अवधिमा प्रहरीले सिरहामा अवैध सुनसहित पक्राउ गरेको दोस्रोपटक हो। त्यसअघि प्रहरीले सिरहाको पछिल्लो पुस २८ गते बिहान छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्