Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी समायोजनमा त्रुटि : गुनासो दर्ता गर्न सिंहदरबारमा भीड

काठमाडौं : सरकारले गरेको कर्मचारी समायोजनमा त्रुटि भएपछि देशभरबाट कर्मचारीहरु गुनासो दर्ताका लागि सिंहदरबार आइपुगेका छन् । अहिले मन्त्रालय आसपासका विभिन्न ठाँउमा बसेर कर्मचारीहरु गुनासोका लागि निवेदन लेखिरहेका छन् । गुनासो संकलन भइरहेको मन्त्रालयको रिसेप्सनमा कर्मचारी लाइन बसेर निवेदन बुझाइरहेका छन् ।

हाल खोटाङको चुवातुङ गाउँपालिकाको स्वास्थ्य शाखामा काम गर्ने बोधेवर्षा गाँउपालिका स्थायी घर भएका राजकिशोर साहले आफ्नै क्षेत्रका स्वास्थ्य केन्दमा समायोजन रोजेका थिए । खोटाङको स्वास्थ्य संस्थामा २० बर्ष काम गरेका उनले सप्तरीको ३ वटा गाउँपालिका वा नगरपालिकामा समायोजनका लागि फारम भरे तर समायोजनपछि उनको काम गर्ने स्थान इलामको सूर्योदय नगरपालिका परेको छ । उनी अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा गुनासो दर्ता गर्न आएका छन् ।

महोत्तरीको एक नागरपालिका २ बर्षअघि देखि काम गर्दै अएका चन्दन महतोले समायोजनका लागि पदेश नंबर २ का जिल्लाहरु रोजेका थिए । तर समायोजनका क्रममा उनलाई मुस्ताङ पुरयाइएको छ । समायोजनको सूचीमा मुस्ताङ आएपछि रातभरी आफू निदाउन नसकेको उनले बताए । उनले पनि संघीय मामिला तथा सामान्य पशासन मन्त्रालयमा गुनासो दर्ता गराएका छन् । उनको गुनासो दर्ता नम्बर ५ सय ५० हो ।

सीता पौडेलको घर सुस्ता पूर्व नवलपरासी हो । उनले आफनै घर रहेको देवचुली नगरापलिकाको स्वास्थ्य केन्दमा २० बर्षअघि देखि काम गर्दै आएकी थिइन । कर्मचारी समायोजनका क्रममा उनलाई रोल्पा पुरयाइएपछि उनले पनि मन्त्रालयमा गुनासो दर्ता गराइन् ।

कर्मचारी समायोजनमा स्वास्थ्य सेवा अन्तर्गत त्रुटि भएपछि देशका विभिन्न भागबाट कर्मचारीहरु गुनासो दर्ताका लागि सिंहदरबार आइपुगेका हुन् ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्