Logo
१२ बैशाख २०८१, बुधबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई नेता खनालको सुझाव

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । वरिष्ठ नेता खनालले सूचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन चीन र भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बिहीबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको ‘दोसो अन्तराष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’को उद्घाटन गर्दै उनले सूचना र प्रविधिको क्षेत्रको विकास गरेर मात्रै मुलुकको समृद्धि हुने भएकाले त्यसको विकासमा सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे । वरिष्ठ नेता खनालले सूचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्नुपर्ने जरुरी रहेको पनि बताए ।

सूचना र प्रविधिको क्षेत्रमा नयाँ-नयाँ प्रविधि भित्र्याउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिए । एक्स्पोमा नेपालको लोकतान्त्रिक आन्दोलनका झलकहरु समावेश गरिएको फोटो, नेपालको प्राकृतिक तथा सांस्कृतिक रुपले मनोरम दृष्यहरुलाई कैद गरिएका फोटोहरुलाई मुख्य आकर्षणको रुपमा राखिएको छ ।

नेपाल मुद्रण उद्योग महासंघको समेत सहभागितामा आयोजना गरिएको ३ दिने एक्स्पोमा प्रिन्टिङसम्बन्धि सामग्रीहरु, फोटो र फोटाग्राफीका लागि आवश्यक नयाँ-नयाँ प्रविधिहरु पनि राखिएका छन् ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्