Logo
७ बैशाख २०८१, शुक्रबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूसँगै विश्व भ्रमण गर्न जानेलाई दिनेछन् यी अर्बपतीले ५७ लाख रुपैयाँ

एजेन्सी :  स्वनिर्मित अर्बपति म्याथ्यू लेप्रेले विश्वभ्रमण गर्नका लागि सहयोगीको खोजी गरिरहेका छन् । सिड्नीका २६ वर्षे युवा व्यवसायीले युनिभर्सिटी छोडेको ६ महिनापछि ई कमर्स र कोचिङको आफ्नै व्यवसाय सुरु गरे । यसले उनलाई विश्वको जुनसुकै कुनामा काम गर्न सहज बनायो ।

उनी जीवनभरी आफूसँग विश्व भ्रमण गर्न इच्छुक व्यक्तिको खोजीमा छन् । ती व्यक्तिलाई उनले प्रतिवर्ष ५२ हजार डलर (५७ लाख रुपैयाँ) का साथै यात्रा, आवास र बीमा लाभ पनि दिनेछन् । ‘मलाई धेरै मानिसहरुले आफूले सपनामा देखेको जीवनशैली कसरी बाँच्ने भनेर सोधिरहन्छन् । अब मलाई सहयोग गर्न कसैको खाँचो छ,’ म्याथ्यूले न्यूज डट कम डट एयूलाई भने ।

‘म अहिले व्यवस्थापनको उच्च क्षमता भएको, यात्राका लागि मार्ग विवरण मिलाउन सक्ने, सोसल मिडिया च्यानलको राम्रो ज्ञान भएको, एकैपटक थुप्रै काम गर्न सक्ने, स-साना कुरा पनि मिलाउन सक्ने, बिजनेस एडमिनको काम सम्हाल्न सक्ने र कम्प्युटरको राम्रो ज्ञान भएको व्यक्तिको खोजीमा छु ।’ ती व्यक्ति कडा मेहनत गर्न पनि अग्रसर हुनुपर्नेछ, उनले भने ।

यो अवसर पाउने व्यक्तिले संसारभरीको संस्कृतिबारे अनुभव गर्न पाउनेछन् । म्याथ्यूले तत्कालै स्पेन, ग्रीस, क्रोएसिया र मायामी भ्रमण गर्ने बताएका छन् । काम गर्दै गर्दा यात्रा गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो र यो सौभाग्य म अर्को व्यक्तिलाई पनि बाँड्न चाहन्छु,’ उनले भने । ‘यदि निवेदक १८ वर्ष माथिको छन् र माथि उल्लेखित सीप छ भने उनीहरुलाई युनिभिर्सिटी ग्र्याजुएट वा विद्यार्थी भनिनेछ ।’ ‘किनभने मैले आफ्नो युनिभर्सिटीको पढाई सिद्धाइनँ,’ उनले भने ।

म्याथ्यू ई-कमर्स मास्टरमाइन्ड हुन् जसले २३ वर्षको उमेरमा ई-कमर्स वारियर एकेडेमीको स्थापना गरे । उनलाई युनिभर्सिटीमा पढ्नै मन लागेन न त उनलाई युनिभर्सिटी अफ मेलबर्नमा डेन्टिस्ट्रिको डिग्री हासिल नै गर्नुथियो । २ हप्तापछि उनी सिड्नी फर्किए र आफ्नी एक्ली आमालाई सहयोग गर्न मजदुरी गर्न थाले ।

आफ्ना दुःखका दिनमा म्याथ्यूले अनलाईन व्यापार कसरी सुरु गर्ने भन्नेबारे अनुसन्धान गरे । त्यसको केही समयपछि नै उनले यस्तो व्यवसायको सुरु गरे जसमार्फत् उनले महिनामा १ लाख २० हजार डलरसम्म कमाई गरे ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्