Logo
१५ चैत्र २०८०, बिहीबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव आयोगद्वारा नरेन्द्र मोदीमाथि बनेको फिल्ममाथि रोक

भारतको चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि बनेको फिल्मलाई लोकसभा चुनावसम्म रोक लगाएको छ । आयोगले यो फिल्मका कारण चुनावमा बराबरीको मौका प्रभावित हुने बताएको छ ।

आयोगले यो फिल्मका साथै अन्य कुनै पनि नेताको जीवनमाथि आधारित फिल्मको प्रसारणमा रोक लगाएको छ । चुनाव आयोगले संविधानको अनुच्छेद ३२४ मा दिइएको विशेष शक्तिको प्रयोग गर्दै यो निर्णय गरेको हो । सेन्सर बोर्डले पहिले नै यो फिल्मलाई ‘यू’ सर्टिफिकेट दिएर रिलिज गर्ने स्विकृती दिएको थियो ।

यसअघि सर्वोच्च अदालतमा यो फिल्ममा रोक लगाउनुपर्ने भन्दै याचिका दर्ता गरिएको थियो । यद्यपि, अदालतले फिल्ममाथि रोक लगाउन अस्विकार गरेको थियो । मुख्य न्यायाधीश रंजन गोगोइले यो मामलामा निर्णय दिने काम चुनाव आयोगको भएको बताए ।

कांग्रेस नेता एवं वकिल अभिषेक मनु सिंघवीले आफ्नो याचिकामा यसका कारण निष्पक्ष चुनाव र मतदाता प्रभावित हुने बताएका थिए ।सिंघवीले यो फिल्म बनाउन भाजपाका पदाधिकारीको सहयोग भएको र फिल्ममा मोदीको भूमिका निभाउने नायक विवेक ओबरोय भाजपाका लागि चुनाव प्रचार गर्न लागेको दाबी गरेका थिए ।

तर अदालतले सिंघवीको तर्कलाई खारेज गरेका थिए । यद्यपि, अब चुनाव आयोग आफैंले ‘पीएम नरेन्द्र मोदी’ फिल्ममा रोक लगाएको छ ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्