Logo
१३ बैशाख २०८१, बिहीबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिस्केट जात्राको पहिलो दिनमै बिग्रियो भैरवनाथको रथ

भक्तपुर :  भक्तपुरमा बुधवारदेखि सुरु भएको बिस्का जात्राको भैरवनाथको रथ बिग्रिएको छ। बुधबार राति दत्तात्रयबाट टःमढीतर्फ लैजादै गर्दा घरमा ठोक्किएपछि रथ बिग्रिएको हो।

तीन तल्ले रथको पहिलो र दोस्रो तल्लाको छाना पुरै खसेको छ। रथ बिग्रिएपछि गःहिटी पुर्याउनुपर्ने रथ इनाचोमा अड्किएको छ। बुधबार राति १ बजेसम्म तानेको रथ स्थानिय पोलमा ठोक्किर बिग्रिएर जिर्ण बनेपछि रथ नतानिएको गुठी संस्थानका प्रमुख हरि सुवेदीले जानकारी दिए। प्रमुख सुवेदीले रथ बिग्रिएर मर्मत नगरी चलाउनै नसक्ने अबस्थामा पुगेको बताए । उनले भने, ‘बिच बाटोमा राखेर रथको मर्मत गर्ने कुरो पनि भएन। अहिले हामी निरीक्षण गर्दै छौँ ।

चैत्र ३० गते ल्यासिंखेलमा नलगे लिङ्गो उठाउने जात्रा नहुने भएकाले बिग्रिएको रथको आजै गःहिटि पुर्याएर देखि नै मर्मत कार्य सुरु गर्छौ । रथको अवस्था हेर्दा अहिले कति खर्च लाग्छ भन्ने यकिन भएको छैन।’ टःमढीस्थित न्यातपोल मन्दिर अगाडि तयार गरिएको भैरवनाथको रथलाई बुधवार साँझ तानातान गर्दै बिस्का जात्रा सुरु गरेको हो। थने ९माथिल्लो० र क्वने तल्लो टोलबासीले तानातान गर्दै आफ्नो टोलमा लैजान प्रयास गरेका थिए।

यसक्रममा यो वर्ष थनेतर्फ लग्न सफल भएको थियो। थनेतर्फ यसवर्ष रथ दत्तात्रय मन्दिर परिसरसम्म पुर्याएको थियो। वि। सं। २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले बिस्का जात्राको रुटका घरहरुलाई क्षति पुर्याएपछि पुनर्निर्माण जारी रहेकाले विगत २ वर्ष जात्राको रुट छोट्याएको थियो। गत २ वर्ष रथलाई थनेतर्फ सुकुलढोकासम्म मात्र पुर्याउने व्यवस्था गरेको थियो। भैरवनाथको रथलाई ३० गते साँझ गःहिटीबाट भेलुखेल स्थित ल्योसिङखेल लगेपछि मात्र लिङ्गो उठाउने परम्परा रहेको छ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्