Logo
७ बैशाख २०८१, शुक्रबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडकाबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

बैंकको कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बिमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बिमा योजना सहित १२ वटा जीवन बिमा योजना विक्री गर्ने सम्झौता भएको छ । एवं अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट कम्पनीको जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बिमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्