Logo
८ बैशाख २०८१, शनिबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेन्नई सुपर किङ्स आईपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौं : चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

कोलकताले दिएको १०९ रनको लक्ष्य चेन्नाईले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेनईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे । टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो। चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले।

उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टोलीको सम्मान जनक स्कोर बनाए। यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाए। चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २ र २ विकेट लिए । कोलकत्तालाई हराएसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले लिगमा पाँचौं जित निकालेको छ ।

चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ । पराजित कोलकत्ता ६ खेलबाट ८ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्