Logo
१५ चैत्र २०८०, बिहीबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०७५ सालमा नेपाली सिने जगतमा डेब्यू गरेका यी ५ चर्चित र आशलाग्दा अभिनेता

काठमाडौं :  वर्ष २०७५ केही दिनमै हामी माझ बिदा हुँदैछ । नयाँ वर्ष अर्थात २०७६ लाई स्वगत गर्दै गर्दा बितेको वर्षका केही महत्वपूर्ण कुराको सम्झना गर्नु जरुरी हुन्छ । नेपाली फिल्म क्षेत्रलाई फर्केर हेर्दा कविर खड्का, धीरज मगर, हरिहर अधिकारी, मुकुन भुषाल लगायत दर्जन नयाँ युवाहरु अभिनयमा भित्रिए ।

यसरी भित्रिएका मध्य केही फिल्म क्षेत्रले आस गरेका अनुहार समेत गरेका छन् । यो वर्ष डेब्यू गरेका र फिल्म क्षेत्रमा आस गरिएको ५ अभिनेता जसको चर्चा अहिले गर्न खोजिएको छ ।

धीरज मगर
धीरज फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट अभिनयमा भित्रिएका हुन् । कोरियोग्राफरबाट निर्देशन बनेकी रेनसा बान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा उनले अभिनेत्री साम्रज्ञीराज्य लक्ष्मी शाहसँग रोमान्स गरेका थिए । चलेका नायक भन्दा केही फरक लुक्सका उनी पहिलो फिल्मबाट दर्शक तथा फिल्मकर्मीको नजरमा राम्रोसँग पर्न सफल भए । ‘इन्टु मिन्टु लण्डनमा’ पछि उनी आइकोर फिल्मस्को नयाँ प्रोजेक्ट ‘आइएम ट्वान्टी वान’मा समेत देखिँदै छन् ।

मुकुन भुषाल
मुकनु फिल्म ‘बुलबुल’का हिरो हुन् । ३ फागुनबाट प्रदर्शनमा आएको यो फिल्म कलेज ओस्कारका प्रिन्सिपल विनोद पौडेलले निर्देशन गरेका थिए । व्यवसाय बम्पर गर्न नसकेपछि समीक्षकबाट राम्रो प्रतिक्रिया पाउन सफल यो फिल्ममा मुकुनले बोलका केही संवाद समेत चर्चामा रहे । फिल्ममा उनी चोपेन्द्रको भूमिकामा देखिएका थिए । उनी भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमै पढेर फर्किएका हुन् ।

आषिश पिया
२५ माघबाट प्रदर्शनम आएको फिल्म ‘समर लभ’बाट अभिनयमा देखिएका हुन् आषिश । लेखक सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्मले भने राम्रो दर्शक पाउन सकेन । तर चक्लेटी लुक्स भएका कारण उनलाई फिल्म क्षेत्रमा सम्भावना भएको हिरोको रुपमा लिइन्छ । फिल्ममा उनले लभर ब्वाई अतितको भूमिका निर्वाह गरेका थिए । सोही भूमिकाबाट उनी दर्शकको मनमा राज गर्न सफल देखिए ।

कविर खड्का
वर्ष २०७५ कै सुरुवको महिना वैशाखमा प्रदर्शनमा आएको फिल्म ‘लम्फु’बाट अभिनयमा डेब्यू गरेका हुन् कविरले । तरकारी बोकेको तस्बिर भाइरल भएपछि चर्चामा आएकी कुशुम श्रेष्ठसँग फिल्मी रोमान्स गरेका कविरको लम्फुले भने दर्शकको मन जित्न सकेन । तर कविर भने धेरैको नजरमा परे । उनी अहिले नयाँ फिल्म ‘तिमी र म’मा आबद्ध छन् ।

अभिषेक नेपाल
निर्देशक बिकाश आचार्यले फिल्म ‘नाई नभन्नु ल ५’ बाट अभिनयमा डेव्यू गराएका हुन् अभिषेकलाई । पहिलो फिल्ममै चलेकी अभिनेत्री स्वस्तिमा खड्कासँग स्क्रिन सेयर गर्न पाएका उनी पनि आशालाग्दो अनुहारका रुपमा देखिएका छन् । यो वर्ष लगानी उठाउन सफल तीन फिल्म मध्यको एक हो ‘नाई नभन्नु ल ५’ । फरक लुक्स र अभिनय क्षमताका कारण उनलाई सम्भावना बोकेको हिरोको रुपमा चलचित्र क्षेत्रमा चर्चा गरिन्छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्