Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाभूकम्पको कथामा फिल्म ‘कालो वर्ष’को टिजर सार्वजनिक

काठमाडौं : बर्ष ०७२ मा गएको विनाशकारी महाभूकम्पका कारण एक परिवारमा परेको समस्याको बिषयमा निर्माण भएको फिल्म ‘कालो वर्ष’को टिजर सार्वजनिक गरिएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकार र कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । १३ बैशाख रिलिज मिति तोकिएको यो फिल्म लक्षु गौतमले निर्देशन गरेकी हुन् । लक्षुले यस अगाडि ‘त म र ऊ’को निर्देशन गरेकी थिइन्

भूकम्पपछि के–कस्ता घटना भए त्यो सबै फिल्मले देखाउने निर्देशक लक्षुले बताइन् । भूकम्पपछि थुप्रै युवा विदेश पलायन भए । बलात्कारका, चेलीबेटी बेचबिखन लगायतका घटना घटे यी सबै बिषय फिल्ममा अटेको उनको भनाइ रहेको छ ।

ओकेश पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेज लगायतका कलाकारको अभिनय रहेको फिल्ममा रामेश्वर हुमागाइँको छायाँकन छ । फिल्म योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले मिलेर बनाएका हुन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले यसको बितरण जिम्मा लिएका छन् ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्