Logo
१३ बैशाख २०८१, बिहीबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! खाना खाइसकेपछि भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती, जसले निम्त्याउँछ क्यान्सरको खतरा

काठमाडौँ :  जब हामी खानेकुरा खान्छौँ त्यसले स्वास्थ्यमा केही न केही असर गरिरहेको हुन्छ । हामीले खाने स्वस्थ खाना केवल सबै स्वस्थ हुन्छ भन्ने छैन् । खानाको पुरा फाइदा जब मिल्छ तब डाइजेशन सहि तरिकाले भैरहेको हुन्छ ।

यद्यपी हामीले खानापछि तुरुन्तै गर्ने केही गल्तीले क्यान्सरको खतरा २ गुणा भन्दा बढी रहेको हुन्छ । त्यसकारण आज हामी तपाईहरुलाई खानापछि तुरुन्तै गर्न नहुने केही गल्तीहरुको बारेमा बताउन गइरहेका छौँ ।

१. स्मोकिंग गर्नु : 

प्राय धेरैले स्मोकिंग गर्ने गर्छन् । खाना खाइसकेपछि तुरुन्तै स्मोकिंग गर्ने बानीको कारण मुटु रोग र क्यान्सरको खतरा दुई गुणा बढी हुन्छ ।

२. चिया पिउनु :

खाना खाइसकेपछि तुरुन्तै चिया पिउनु हुँदैन् । किनकी चियामा पाइने एसिडिटी प्रोपर्टी एसिडिटीको समस्या बढाउने भएकाले खाना खाएको १ घण्टा भएसकेपछि मात्रै कफी वा चिया पिउनु राम्रो हुन्छ ।

३. ब्रश गर्नु :

खाना खाने बित्तिकै ब्रस गर्नु हुँदैन् । यसो गर्दा दाँतको इनेमल वा माथिल्लो तह निस्कने र दाँतमा ब्याक्टेरियाको खतरा बढ्ने भएकाले खाना खाएको १ वा आधा घण्टा पछि मात्रै ब्रस गर्नुपर्छ ।

४. नुहाउनु :

खाना खाएपछि तुरुन्तै नुहाउनु हुँदैन् । हामीले खाएको खाना डाइजेस्ट हुन करिब आधा घण्टा भन्दा बढी समय लाग्ने भएकाले तुरुन्तै नुहाउँदा कब्जियतको समस्या हुने सम्भावना धेरै रहेको छ ।

५. फलफूल खानु :

खाना खाए लगतै फलफुल खानु हुँदैन् । यस्तो गर्दा एसिडिटी र इनडाइजेशन हुने भएकाले ओभरइटिंग हुने र मोटोपनको समस्या बढ्छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्