Logo
११ बैशाख २०८१, मंगलबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ ।

काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक-फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने जिम्मेवारी पाएका बोसी समुदायले काटेर ल्याइसकेको उहाँले बताउनुभयो । बाराही आवश्यक सामग्री निर्माणमा जुटिसकेका छन् । ञँवालले केही दिनपछि नै पाङ्ग्रा, धमालगायतका भाग कस्ने, बाँध्ने काम गर्ने उहाँले बताउनुभयो ।

यो वर्ष रथ निर्माणका लागि थोरै मात्रै काठ ल्याइएको कार्यालयले जनाएको छ । गत वर्ष एक वर्षलाई आवश्यकभन्दा धेरै काठ ल्याइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रा रहेको छ । मच्छिन्द्रनाथलाई छ महीना बुङ्गमती र छ महीना पाटनमा राखिन्छ ।

वर्षेनी पाटनमा हुँदा विभिन्न जात्रा र पर्वहरु हुने गर्छ भने १२ वर्षमा एक पटक बुङ्गमतीमा समेत भव्यरूपमा जात्रा मनाइन्छ । जात्रा मनाउनका लागि वर्षभरि नै विभिन्न कामहरु भइरहने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्