Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलकाताबाट विद्युतीय कार्गो रेल बुधनगर ल्याउने तयारीमा

विराटनगर :  भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ । नेपाली उद्योगी-व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने तयारी थालिएको हो ।

यसअघि चैत ६ गते कोलकातादेखि भारतको बथनाहा रेल स्टेसनसम्म नेपाली पैठारीकर्ताको सामान बोकेको रेलबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रे्किङ सिस्टमको सफल परीक्षण भएको थियो । त्यो परीक्षणसँगै भारतीय भन्सार विभागले सोमबार मात्रै बथनाहा रेल स्टेसनबाट जोगबनीस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म ईसीटीएस कार्गो ल्याउनका लागि स्वीकृति प्रदान गरेको छ ।

भारतीय रेल स्टेसन बथनाहामा कन्टेनर अनलोड गर्नुपर्ने झन्झट हटाउन नेपालतर्फको विराटनगर १८ स्थित बुधनगरमा रहेको नेपाल कस्टर्म यार्डसम्म सोझै कार्गो ल्याउन सकिने सम्भाव्यताबारे कोलकातास्थित नेपाली महावाणिज्यदूतसहितको टोलिले मङ्गलबार निरीक्षण गरेको छ । बुधनगरको आईसीपीदेखि भारतको बथनाहा रेल स्टेसन ७.६ किलोमिटर दूरीमा पर्दछ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्