Logo
१३ बैशाख २०८१, बिहीबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको दुई ओटा विज्ञप्ती : एउटा नागरिकताबारे अर्को फोरम एकिकरणबारे

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको मंगलबार बसेको बैठकले दुई वटा विज्ञप्ति जारी गरेको छ । अध्यक्षमण्डलले जारी गरेको एउटा विज्ञप्तिमा फोरमसँग चलिरहेको एकता प्रक्रियाको विषयमा रहेको छ भने अर्को विज्ञप्तिमा नागरिकताबारे सर्वोच्चले लगाएको रोकप्रति चिन्ता व्यक्त गरिएको छ ।

फोरमले गत चैत ६ गते एकताका लागि पठाएको पत्रको जवाफ दिँदै राजपाले सकारात्मक रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ । एकता प्रक्रिया निष्कर्षमा पुर्याउन वार्ता र सम्वाद निरन्तर हुनुपर्ने राजपाको जिकिर रहेको छ ।

अर्कोतिर, जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिता दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च लगाएको रोकप्रति राजपाले दुःख व्यक्त गरेको हो ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्