Logo
१५ चैत्र २०८०, बिहीबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपक र दीपाको नयाँ फिल्म घोषणा, नाम ‘छ माया छपक्कै’

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँगको सहकार्यमा बनाउन लागेको फिल्मको नाम फाइनल भएको छ । फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको जनाइएको छ । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलवार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको हो।

दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको कारण यो फिल्मको नाम पनि ‘छ’ अक्षरबाटनै जुराइएको बुझिएको छ । ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्र लामाले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताएका छन् । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनले जानकारी दिए ।

२२ बैशाखबाट छायांकनमा जाने तयारी भइरहेको फिल्म दशैंमा प्रदर्शनमा आउनेछ । फिल्मलाई हरी हुमागाइँले खिच्नेछन् । यो फिल्म दीपकको टिमले ५० प्रतिशत मुनाफा लिने सहमति भएको छ । तर लगानी भने पुरै रोहित अधिकारीले गर्नेछन् । फिल्ममा दीपक र केदार घिमिरे बाहेक अन्य कलाकार छनौट हुन बाँकी रहेको छ । फिल्ममा दीपक शर्माको संगीत रहनेछ ।

फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्