Logo
१३ बैशाख २०८१, बिहीबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘छक्का पन्जा ३’ को अपार सफलता पछी बन्ने भयो दिपक दिपाको ” छ माया छपक्कै ”

चलचित्र ‘छक्का पन्जा ३’ को अपार सफलता पछी केहि समय मौन बसेको टिमले अर्को चलचित्र ‘छ माया छपक्कै’ निर्माणको घोषणा गरेको छ ।मङ्गलबार सामाजिक संजालामा एक स्ट्याटस पोस्ट गर्दै  दिपक राज गिरीले चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

उनका अनुसार छ माया छपक्कैलाई दीपेन्द्र लामाले निर्देशन र रोहित अधिकारीको निर्माण गर्ने छन् भने छाँयाङ्कन हरि हुमागॉइले गर्ने छन् ।दीपकराज गिरी तथा दीपाश्री निरौलाको टिमले निर्माण गर्ने चलचित्रको   बैशाखदेखी छाँयाङ्कन सुरु हुने र दशैँमा रिलिज हुने बताइएको छ ।

चलचित्रमा कुनकुन कलाकारको अभिनय रहनेछन् भन्ने कुरा आउन बाँकी  नै छ । छक्का पन्जा को सिरिजबाट सफलता चुमेको टिममा फेरी पनि पुरानै कलाकारको जम्बो टोलीलाई नै देख्न पाइनेछ वा नँया अनुहार पनि समेटिनेछन् त्यो भने खुलाईएको छैन ।
कमेडी जानरामा सफल भएको ब्यानरले उहि जानरालाई निरन्तरता दिने हो या फरक कथाबस्तु पस्किने हो प्रश्नको विषय बनेको छ ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्