Logo
१३ बैशाख २०८१, बिहीबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंशाख ६ गतेदेखि रसुवागढी र साञ्जेनको आइपीओ खुला गरिने

काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले बैशाख ६ गतेदेखि सर्वसाधारणमा आइपिओ बिक्रि खुला गर्ने भएको छ ।

सान्जेनले ५४ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्दैछ । यसमध्ये २ लाख १९ हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७ सय ५० कित्ता (५ प्रतिशत) म्युचुअल फण्डको लागि छुट्याइएको छ बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यता रसुवागढी हाइड्रोपावरले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ निष्काशन गर्दैछ । यसमध्ये ४ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ ।

यी दुवै कम्पनीको आइपिओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषको सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् । यी दुई कम्पनीको आइपिओमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यो आइपिओ प्रतिकित्ता १०० रुपैयाँ अंकित हो ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्