Logo
७ बैशाख २०८१, शुक्रबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रालयद्वरा २३ उपसचिवको सरुवा, ७ जिल्लामा प्रजिअ परिवर्तन

काठमाडौं : गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सोमबार गरिएको सरुवा अन्तर्गत ७ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डे, संखुवासभामा जीवन प्रसाद दुलाल प्रमुख जिल्ला अधिकारी भएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।

संखुवासभाका नयाँ प्रमुख जिल्ला अधिकारी भएका दुलाल यसअघि ललितपुरस्थित नख्खु कारागारका जेलर थिए । उनको स्थानमा वेदप्रसाद अर्याल प्रमुख जेलर बनेका छनेका छन् ।

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्