Logo
|| April 8, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा संचालनमा

जाजरकोट : सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । उक्त बैंकको शाखा उद्घाटन कर्णाली प्रदेशका सभा सदस्य करबीर शाहीले गरेका हुन् ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णालीप्रदेश सभा सदस्य माननीय कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, शिवालय गाँउपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनीतिज्ञ , उद्योगी, व्यवसायी, सर्वसाधरणको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२% ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको बताए । उनले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने भन्दै ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने उल्लेख गरे ।

स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोटको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे । सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा बित्तीय पहुँच पु¥याउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोटको उक्त गाउँपालिकावासीलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

उनले सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए । उनले प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने योजना रहेको बताए ।

 

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार १३:१७

प्रतिक्रिया दिनुहोस्