Logo
१३ बैशाख २०८१, बिहीबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकले पौने ९ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं :  नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले आइतबार एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो।

ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ। बैंकका अनुसार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३ सय ६४ दिनका लागि, १ अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १ सय ८२ दिनका लागि र १ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ। बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्