Logo
८ बैशाख २०८१, शनिबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! के तपाईले पिउने पानी शुद्ध छ ?

काठमाडौँ  : हाम्रो जीवनमा पानी नभइनहुने एक आवश्यक चीज हो । तसर्थ हामीले पिउने पानी शुद्ध र सफा हुनु अत्यन्त जरुरी छ ।  शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो ।

खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न ९ वटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ ।

कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, “कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ ।”

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्