Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लभ स्टेशन’ले देखायो कमाल, दोश्रो दिन भयो हाउसफुल

काठमाडौं :  शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेशन’ ले ओपनिङ व्यवसाय राम्रो गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार ठिकठिकै दर्शक पाएको फिल्मले शनिबार भने राम्रो दर्शक पाएको छ ।

शनिबार बिहानै देखिको वर्षाले केही बिथोले पनि दर्शकहरुको हलमा आगमन राम्रो देखिएको थियो । शनिबार मध्यान्ह गोपीकृष्ण मूभिजको ४ वटा हल, अष्टनारायणको २ वटा हल, गुण सिनेमाका ३ वटा हलको एक सो मै हाउसफुल देखियो  ।फिल्मलाई दर्शकले राम्रो साथ दिएको वितरक गोविन्द शाहीले बताए । ‘मुलुकका सबैजस्तो चलचित्र भवनमा शनिबार फिल्मले हाउसफुल व्यवसाय गर्न सफल भयो’ शाहीले भने ‘आईतबार पनि राम्रो हुने आस गरेका छौ ।’

शनिबार गोपिकृष्ण, अष्टनारायण लगायतका केही चलचत्रि भवनमा समेत कलाकार पुगेका थिए । अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङ लगायतको युनिट हलमा दर्शक प्रतिक्रिया लिन पुगेका हुन् । कलाकारलाई आफुसँगै पाउँदा दर्शकहरु निकै खुसी भएका थिए ।

प्रदीप र जसितासँग दर्शकले सेल्फी खिच्नुका साथै अटोग्राफ लिए । दर्शकहरुको सेल्फी लिने भिडबाट कलाकारलाई जोगाउन निर्माण पक्षलाई हम्मे हम्मे समेत परेको थियो । उज्ज्वल घिमिरे निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्