Logo
१२ बैशाख २०८१, बुधबार
(April 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

भद्रपुर,(झापा) : शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ । दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । शनिबार बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए ।

घाइते तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताए ।

प्रकाशित मिति: Apr 6, 2019

प्रतिक्रिया दिनुहोस्