Logo
८ बैशाख २०८१, शनिबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतिनिधिद्वारा मध्यभोटेकोशी आयोजना छिटो सम्पन्न गर्न दबाब

मेलम्ची : सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य शुरु गरिएको थियो ।

सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन । स्थानीय जनताको शेयर पनि रहेको आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका स्थानीय बासिन्दालाई मर्का परेको भन्दै स्थानीयतहको ध्यानाकर्षण भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

उनले एक विज्ञप्तिनै जारी गरेर जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानीनै जोखिममा परेको उल्लेख गरेका छन् । आयोजनाको काम सम्पन्न गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्दा पनि आयोजना पक्षले विभिन्न बहाना गरेर निर्माणमा ढिलाइ गरेको उनको भनाइ छ ।

शुरुमा रु साढे १३ अर्बमा सम्पन्न गर्ने योजना रहेको उक्त आयोजनाको लागत अहिले रु २० अर्ब भन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्