Logo
१३ बैशाख २०८१, बिहीबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश न.२ : चिट चोरेपछि एसईईका ३ परीक्षार्थी निष्काशित

सिरहा : सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने ३ विद्यार्थी निस्कासनमा परेका छन् । विज्ञान विषयको परीक्षामा सहभागी तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध भएको छ ।

परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिठ र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषयको परीक्षा रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । स्थगित भएर सुरु भएको आजको परीक्षा पअ‍ेक्षाकृत शान्तिपूर्वक सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेयले जानकारी दिए ।

उनले जिल्लाको अरु सबै ठाउँको परीक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । यसैबीच आजबाट सुरु भएको एसईई परीक्षामा अनुगमनमा पुगेका पत्रकारहरुलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाएको छ ।

परीक्षा केन्द्रमा अनुगमनको नाममा मानिसहरु धेरै जाने भएकोले परीक्षा केन्द्रमा पत्रकार जानकाबाट रोक लागाएको जिल्ला शिक्षा अधिकारी पाण्डेले बताए ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्