Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राइडे रिलिज : एक्लै आयो ‘लभ स्टेसन’, मुनाफाको ५ प्रतिशत रकम धुमुर्स सुन्तली फाउन्डेसनलाई

काठमाडाैं : शुक्रबार रिलिजको परम्परा धान्दै आजबाट एक मात्र फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ ।

देशभरबाट एकसाथ प्रदर्शनमा आएको यो फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । ‘लभ स्टेसन’ मुलुकका १०१ चलचित्र भवनमा रिलिज भएको निर्माता गोविन्द शाहीले जानकारी दिए । फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

साङ्गीतिक प्रेम कथामा आधारित सामाजिक कथावस्तुसमेत समेटिएको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

फिल्म प्रदर्शनको पूर्वसन्ध्या पारेर निर्माण युनिटले बिहीबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगको छलफलपछि लभ स्टेसनको नेपालमा प्रदर्शन भएको मुनाफाको ५ प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहीबार भयो ।

 

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्