Logo
१३ बैशाख २०८१, बिहीबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइलाई टन्सिलको समस्या छ ? घरमा बसीबसी आफै गर्न सिक्नुहोस् घरायसी उपचार

काठमाडौँ : टन्सिल भनेको घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो।

टन्सिल भयो भनेर डाक्टरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ टन्सिल । यदि वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदि टन्सिल भएको खण्डमा एन्टीबायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

टन्सिल भयो भने यसो गर्न जान्नुहोस :

  • तातो पानीले कुल्ला गर्ने

टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने । र, त्यसले दिनमा तीन- चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

  • बेसार पानी खाने

बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं ।बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।

  • तुलसी चपाउने

तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ ।

  • मह र दालचिनी

दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लागि अलिकति दालचिनी पिस्नुस ।

त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

  • हर्बल चिया

हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ ।

यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ ।

  • लसुन या ल्वाङको प्रयोग

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४-५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ । हरेक दिन मनतातो पानीमा नुन राखेर या नन -अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

  • चूक अमिलोको प्रयोग

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

  • अत्याधिक पानी

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ ।

  • चिकेन सुप

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्पमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खान सकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

टन्सिल भयो भने यसो कहिले नगर्नुहोस् :

टन्सिलको समस्या प्राय: औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।

टन्सिलको लक्षण

  • घाँटी दुख्ने
  • ज्वरो आउने
  • टन्सिल बढ्दै जाने
  • निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने
  • थुक निल्न पनि गाह्रो हुने
  • ज्वरो आउने – टाउको दुख्ने
  • टन्सिलमा पिप देखिने
  • खाना खान मन नलाग्ने
  • आलस्य हुने
  • घाँटीको ग्रन्थीहरू सुन्निने
  • वान्ता हुने
  • पेट दुख्ने

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्