Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब बेनी र कुश्मामा पनि मुक्तिनाथ विकास बैंकको शाखा

काठमाडौं : मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा म्याग्दी जिल्लाको वेनी तथा पर्वत जिल्लाको कुश्मामा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।

वेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले वेनी शाखाको उद्घाटन गर्दै बैंकको प्रगतिको कामना गरे । त्यसैगरी, कुुश्मा शाखाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि व्यक्त गरे ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्