Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राजा ज्ञानेन्द्र शाह पुगे इलाम : झाँकी र नारा जुलुससहित शाहको स्वागत (फोटो फिचर)

निजि भ्रमणको शिलसिलामा पूर्व राजा ज्ञानेन्द्र शाह प्रदेश १ स्थित इलाम जिल्ला पुगेका छन् । बिहिबार उनी इलाम पुग्दा उनका सयौं सर्मथक राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

पाँचथर भ्रमण सकेर इलाम आएका शाहलाई स्वागतका लागि राजावादीहरुले विहानैदेखि नै तयारी गरेका थिए । लामो समयको प्रतिक्षापछि लामबद्ध भएर पूर्व राजा शाहलाई फुलगुच्छा दिएर स्वागत गरेका थिए । विभिन्न साँस्कृतिक झाँकी र नारा जुलुससहित शाहको स्वागत गरिएको थियो । उनका समर्थकले चर्का नारा लगाउँदै स्वागत गरेका थिए ।

उनका समर्थकले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘मेची काली के भन्छ ज्ञानेन्द्र राजा चाहियो भन्छ’, ‘नेपाली जनता के भन्छन राजसंस्था ले भन्छन’ जस्ता नारा लगाएका थिए । राजसंस्था हटेको दशक वितिसकेपनि पूर्व राजा इलाम आउँदा तत्कालिन राजाकै झल्को पाईयो । सर्वसाधारणको उपस्थितिदेखि पूर्व राजाको जयजयकारले पुरानै झल्को दिएको दिएको थियो ।

शाहको स्वागतका लागि जिल्लाका विभिन्न गाउँगाउँबाट उपस्थित भएका थिए । बालबालिकादेखि वृद्धवृद्धा समेत सहभागी थिए । सदरमुकामस्थित समिट होलटलबाट नविनचोकसम्म गाडीबाट आएका शाह नविनचोकदेखि माइस्थान मन्दिरसम्म पैदल पुगेका थिए । माईस्थान मन्दिरको दर्शन गरी करिब २० मिनेट पूजापाठ समेत गरेका छन् ।

शाहलाई स्वागत गर्नेमा राजा र राजसंस्थाको विरोध गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरु समेत सहभागी थिए । सक्रिय राजतन्त्रात्मक व्यवस्था भएका बेला नागरिक अभिनन्दनका नाममा इलाम आएका थिए । यसअघि शाह पाँचथरको फिदिम पुगेर दुई दिन बसेका थिए । त्यहाँ रहँदासमेत उनले सुम्हात्लुङको दर्शन र पूजापाठ गरेका थिए । पाँचथरमा समेत शाहलाई भव्य स्वागत गरिएको थियो ।

शाहको पूर्वी पहाडी क्षेत्रको भ्रमणलाई महत्वका साथ हेरिएको छ । शाहको भ्रमण नीजि धार्मिक भनिए पनि त्यो राजनीतिक हिसावमा चलखेल हुन सक्ने अनुमान गरिन्छ । राप्रापाका नेता कार्यकर्ताहरुको सक्रियातामा भएको भ्रमणलाई अर्थपूर्ण रुपम लिएको छ । शाह नीजि भ्रमणका नाममा इलाम आउने भएपछि राजावादीहरुले उनको स्वागतको लागि स्वागत समिति नै बनाएका थिए ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्