Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनमोल केसी भन्छन्- ‘निरुता सिंह नेपालकी माधुरी’

काठमाडौँ :  अभिनेता अनमोल केसी अभिनित ‘ए मेरो हजुर ३’ प्रदर्शनको तयारिमा छ । आउँदो चैत्र २९ देखि चलचित्र रिलिज हुँदैछ । यस अघि उनी अभिनित चलचित्र ‘क्याप्टेन’ केहि साता अघिमात्र प्रदर्शनमा आएको थियो ।

उक्त फिल्ममा फुटबलर बनेका अनमोलले सोहि फिल्ममा भेट्रेन अभिनेत्री निरुता सिंहसंग पनि एक गीतमा स्क्रिन सेयर गरेका थिए । रिपोर्टसका अनुसार उक्त आइटम नम्बरमा अनमोलले नै निरुतालाई रिफर गरेका थिए किनकि उनि निरुताका ठुलो फ्यान रहेका छन् । पिता भुवनकेसीसंग कुनै समय रुचाइएकी जोडी निरुताले अनमोलसंग पनि स्क्रिन सेयर गरिन् गीत ‘ कर्ली कर्ली कपालमा’ ।

दर्शकमाझ लोकप्रिय बनेको यस गीतमा निरुता र अनमोलको पनि उत्तिकै तारिफ भयो । केहि दर्शकले भने उक्त गीत लाई हिन्दी गीत ‘घागरा’संग तुलना गरे जहाँ माधुरी दिक्षित र रणबिर कपूरले डान्स गरेका थिए ।

यसबारेमा अनमोल भने खुसी ब्यक्त गर्छन् । ‘उहाँहरुको ठुलो बजेटको गीतसंग हामीलाई तुलना गरिनु गर्वको कुरा हो’ अनमोल भन्छन् । यस्तै उनी निरुता सिंहलाई माधुरी दिक्षितसंग तुलना गरिनुमा पनि कुनै ठुलो कुरा ठान्दैनन् । ‘निरुता दि नेपालको माधुरी दिक्षित नै हो’ अनमोल भन्छन् ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्