Logo
४ बैशाख २०८१, मंगलबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं : ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाको परिवर्त गाँउपालिका- ३ इरिवाङ्गमा १२२औँ, सोही जिल्लाकै थवाङ्ग गाउँपालिका- २, ठुलोगाँउमा १२३औँ, ईलामको शुर्योदय नगरपालिका- १४, कट्टुसेमा १२४औँ, सप्तरीको डाक्नेश्वरी नगरपालिका- ९, पत्थरगाडामा १२५औँ र पाँचथरको हिलिगाँउ गाउँपालिका- २, सिङ्गापुरमा १२६औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका हुन् । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम-सिडीएमए-यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्