Logo
|| April 3, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धीको प्रशिक्षण सुरु

काठमाडौं :  हिडन ट्रेजरले आगामी मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धी छनोट गरेर प्रशिक्षण सुरु गरेको छ ।

हिडन ट्रेजरले क्षेत्रीय अडिसनमार्फत् ८ शहरबाट यी प्रतिस्पर्धी छनोट गरेको हो । चितवन, बिराटनगर, बिर्तामोड, भद्रपुर र दमौली प्रत्येकबाट १ प्रतिस्पर्धी छनोट गरेको छ भने पोखरा, भैरहवा, ललिलपुरबाट २ प्रतिस्पर्धी, साथै काठमाडौंबाट १२ प्रतिस्पर्धी छनोट गरेको छ । देशबाहिरका ३ नेपाली पनि २६ प्रतिस्पर्धीभित्र परेका छन् जसमध्ये १ जना अष्ट्रेलियाकी हुन् भने अमेरिकाबाट २ प्रतिस्पर्धी छन् ।

एक हप्ते लामो प्रशिक्षण कार्यक्रममा प्रतियोगीलाई मुख्य कोरियोग्राफर रचना गुरुङ शर्मालगायत इशानी श्रेष्ठ (मिस नेपाल २०१३) ले ‘ग्रुमिङ’ का टिप्स दिए । फोटोग्राफर राजभाइ सुवालले क्यामरामा पोज दिन सिकाउनुका साथै श्रद्धा मास्केले मेकअप र राजेश घिमिरेले ‘हेयर डु’ सम्बन्धि तालिम दिए ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार १३:०७

प्रतिक्रिया दिनुहोस्