Logo
११ बैशाख २०८१, मंगलबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँधी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारबाट १ करोड सहयोग

धनगढी : आईतबार आएको आँधी-हुरीबाट विपत्तिमा परेका स्थानीयका लागि सुदूरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ । यसअघि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्