Logo
१३ बैशाख २०८१, बिहीबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NIC एशिया र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौँ : NIC एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एन आई सी एशियाले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग बैंकासुरेन्स गरेको जानकारी दिएको हो ।

उक्त सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

NIC एशियाले मुलुकभर रहेका २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले जानकारी दिए ।

उनले मुलुकभरीका करिब १४ लाख ५० हजार ग्राहक बैंकका प्रमुख वित्तीय परिसुचकहरुप्रति उत्साहित रहेको बताए ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्