Logo
१५ चैत्र २०८०, बिहीबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राय : युवापुस्तालाई सताउने डन्डिफोर के हो र यो आउनुका के छ कारण ? जान्नुहोस्

काठमाडौ : अनुहारमा देखिने विभिन्न समस्यामध्ये डन्डिफोरको समस्या पनि प्रमुख हो । डन्डिफोरका कारण धेरै मानिस निराश हुने गरेका छन् ।

डन्डिफोरको समस्या चिल्लो छाला भएका मानिसमा धेरै देखिने गर्छ । यद्यपि, सुख्खा छाला भएका मानिसमा पनि यसको समस्या नहुने होइन । विशेषगरी, किशोरावस्थामा धेरै सताउँछ, डन्डिफोरले ।

के हो डन्डिफोर ?

डन्डिफोर छालामा हुने एक प्रकारको सुजन हो । यस्तो सुजन तब हुन्छ, जब छालाको तेल ग्रन्थी विभिन्न प्रकारका ब्याक्टेरियाबाट प्रभावित हुने गर्छ । यदि छालामा अधिक तेल भएमा त्यसले छिद्रहरु टालिदिन्छ । जसले गर्दा अनुहारमा डन्डिफोरको समस्या निम्तिने गर्छ । विभिन्न दूग्धजन्य पदार्थ, एस्ट्रोजेनयुक्त औषधि, मेकअपका सामग्रीको प्रयोगका कारण पनि अनुहार तथा ढाडमा डन्डिफोरको समस्या हुने गर्छ ।

यस्ता छन् डन्डिफोर हुने १० कारणहरु

  • अधिक गुलियो सेवन :  गुलिया खानेकुरा धेरै खाने बानीले अनुहारमा डन्डिफोरको समस्या हुने गर्छ ।
  • जिम गएपछि ननुहाउने बानी : जिम वा मर्निङ वाकको दौरान कैयौं प्रकारका ब्याक्टेरिया हाम्रो शरीरमा जम्मा हुने गर्छन् । त्यसलगत्तै ननुहाउनाले शरीरमा डन्डिफोरको समस्या पैदा हुन सक्छ ।
  • मसलेदार खानेकुरा : ज्यादा खुर्सानी तथा मसलायुक्त खानाको सेवनले छालामा इरिटेसन हुन्छ । त्यसबाट शरीरमा डन्डिफोरको समस्या देखिनछ ।
  • सफाइको कमी :  कपाललाई सफा नराखेका कारण चायाको समस्या हुन थाल्छ । चायाकै कारण छालाको छिद्र बन्द भई अनुहार र छालामा डन्डिफोरको समस्या निम्त्याउँछ ।
  • फास्टफुडको सेवन : अधिक मात्रामा फास्टफुडको सेवनले पनि अनुहारमा डन्डिफोर आउँछ । विशेषगरी, पिज्जा र बर्गरको अधिक सेवनले छाला चिल्लो हुने गर्छ । जसका कारण छालाको छिद्र टालिएर अनुहारमा डन्डिफोर आउने गर्छ ।
  • केमिकलयुक्त उत्पादन :  नियमित रुपमा केमिकलयुक्त साधनको प्रयोगले छालामा एलर्जी वा संक्रमणको समस्या निम्तिने गर्छ । र, अनुहारमा डन्डिफोर आउँछ ।
  • अनुहारमा लोसनको प्रयोग :  अनुहारमा ‘बडी लोसन’को प्रयोग आम समस्या हो । धेरैजसो मानिसले शरीरमा लगाइने लोसनलाई अनुहारमा पनि प्रयोग गर्छन् । जबकि, शरीरमा लगाइने लोसनमा मख्खनको प्रयोग गरिएको हुन्छ । जसले अनुहारमा डन्डिफोरको समस्या निम्त्याउँछ ।
  • मोबाइलको अधिकतम प्रयोग :  मोबाइललाई अधिक समयसम्म कानमा लगाइराख्दा त्यसमा जम्मा भएका ब्याक्टेरियाले छालाको छिद्रलाई टालिदिन्छन् । र, डन्डिफोर आउँछ ।
  • अनुहार नधुनु :  साधारणतया दिनमा दुई पटकसम्म अनुहार धुनु राम्रो मानिन्छ । त्यसो गर्दा अनुहारमा जमेको पसिना हट्छ । अनुहार नधुँदा पसिनाले छालाका छिद्रहरु टालिदिन्छ । र, डन्डिफोर आउँछ ।
  • धुमपान :  नियमित रुपमा धुमपान गर्नाले अनुहारमा पर्याप्त मात्रामा अक्सिजनको पूर्ति हुँदैन । छालालाई पर्याप्त अक्सिजन नपुगेको खण्डमा छाला चाउरी पर्ने र डन्डिफोर हुने समस्या निम्तिन्छ ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्