Logo
१२ बैशाख २०८१, बुधबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावा-हुरीले बारामा १५ सय घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क (फोटोफिचर)

वीरगञ्ज : हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङ्क आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण संकलन भइरहेको बताएका छन् ।
विभिन्न निकायको बैठक बसेर मंगलबार खाद्य राहत वितरण एवं तथ्याङ्क संकलनलाई प्राथमिकता दिँदै जाने निर्णय गरेको उनले सुनाए । रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालले प्रारम्भिक अध्ययनको तथ्याङ्क आएको जानकारी दिए ।
‘रेडक्रसले प्रारम्भिक विवरण संकलन गरिसकेको छ,’ उनले भने ‘पूर्ण, आंशिक र सामान्य क्षति कति कति हो भनेर छुट्याउनै बाँकी छ । आवश्यकता अनुसार राहत वितरण र तथ्याङक संकलन संगसँगै गर्छौं ।’
बाराको फेटा गाउँपालिका वडा नं १ र कलैया-१८ मा पर्ने भलुही भरवलिया गाउँमा बढी क्षति भएको पुगेको छ । फेटा गाउँपालिका वडा नं ३ पुरैनियाँ गाछीटोल र वडा नं ६ पुरैनिया टोलमा मानवीय एवं भौतिक क्षति बढी देखिएको छ । पर्सा जिल्लामा भने कमै क्षति पुगेको छ ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्