Logo
१५ चैत्र २०८०, बिहीबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ उपहार

काठमाडौं : नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सिजीले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै आफ्नो “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८५ सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८५ सम्मको बचत प्राप्त गर्न सक्नेछन् । सिजी ब्रान्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८५ सम्मको बचत प्राप्त हुनेछ । सिजी ब्रान्डका विभिन्न वासिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त हुनेछ ।

यसैगरि सिजी ब्रान्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ । यो आकर्षक योजना कम्पनीले चैत्र १८ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको छ ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्