Logo
४ बैशाख २०८१, मंगलबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईको राशीअनुसार कुन कामले दिलाउँछ सफलता ? जान्नुहोस्

काठमाडौ :  ज्योतिषी शास्त्रीका अनुसार आफ्नो राशी अनुसार पनि कुन कामले फाइदा बेफाइदा हुने थाहा हुने बताउँछन् । किनभने कसैलाई जागिर फाप्ने हुन्छ त कसैलाई व्यापार फाप्दछ ।

त्यसैले आफलेु राशी अनुसारको काम गरेमा कोही पनि असफल हुदैनन् । यदि तपाई पनि आफ्नो कामबाट घाटा भएर चिन्तामा हुनुहुन्छ भने आफ्नो राशी अनुसार यी काम गर्नुस् ।

मेष राशि :

मेष राशी हुनेहरुको लागी प्रहरी वा सेनाको जागरिमा सफलता मिल्नेछ । त्यसका साथै इन्जिनियरिङ, वकिल, सवारी चालक, प्रविधि सम्बन्धी र व्यवसायमा पनि राम्रै हुनेछ । किनभने यसको स्वामी मंगल हो ।

वृष राशि :

वृष राशी हुनेहरुको लागी कलकारिता ,संगित, कृषि र व्यवसाय सफलता मिल्नेछ । साथै सजावट, डेरी तिर पनि राम्रै हुनेछ । यसको स्वामी शुक्र हो ।

मिथुन राशि :

यो राशी हुनेहरुको लागी शिक्षा सम्बन्धी काम गरेमा सफलता मिल्नेछ । त्यसैले लेखक, इन्जिनियर, अध्यापक , सम्वाददाता र व्यवसायमा पनि राम्रो हुनेछ । यसको स्वामी बुध ग्रह हो ।

कर्कट राशि :

यो राशीहरुको लागी जल र काँच सम्बन्धी काममा सफलता मिल्नेछ । त्यसैले कर्कट राशी भएका व्यक्तिहरुले जडीबुटीको व्यवसाय ,किराना व्यापार, विज्ञानका क्षेत्रका कामहरु ,शिक्षक र सामाजिक कार्यकर्ताको काम गर्दा लाभदायक हुन्छ । किनभने यस राशीको मालिक चन्द्र हो ।

सिंह राशि :

सिंह राशीको स्वामी सूर्य भएकाले यो राशीलाई वन अधिकारी ,राजदुत ,पाइलट ,भवन निमार्ण लगायतका क्षेत्रमा लाभदायक हुनेछ । तर यो राशीलाई यी वाहेक अन्य काममा समेत राम्रै हुनेछ ।साथै यस राशिका व्यक्तिहरुलाई पैतृक सम्पति पनि मिल्नेछ ।

कन्या राशि :

कन्या राशीको स्वामी बुध ग्रह भएकाले शिक्षक, संस्थाको सचिव, रेडियो टिभीको प्रस्तोता, सम्पादक, अन्वेषक जस्ता कामहरुमा सफलता मिल्नेछ । विशेषत कन्या राशी भएकाहरुको लागी व्यवसाय भन्दा जागिरमै बढी सफलता मिल्नेछ ।

तुला राशि :

तुला राशी हुनेहरुको लागी न्यायधीस, परामर्शदाता ,कानुन सम्बन्धी काम ,कलकारिता ,सामाजिक कार्यकता काममा सफलता मिल्नेछ । साथै होटल, मेकअप आर्टिस्ट, फोटोग्राफरको काममा समेत राम्रै हुनेछ । यो राशीको स्वामी शुक्र ग्रह हो ।

वृश्चिक राशि :

यो राशीको स्वामी मंगल भएकाले मेष राशी जस्तै काम गरे हुन्छ । जसमा चिकित्सक , वकिल,प्रहरी वा सेनाको जागिरमा सफलता मिल्नेछ । त्यस्तै ठेकेदार , सवारी साधन चलाउने र धुम्रपान र मद्यपानसम्बन्धी व्यवसायमा पनि राम्रै हुनेछ ।

धनु राशि :

धनु राशी हुने व्यक्तिहरुको कुण्डलीको स्वामी वृहस्पति हो । त्यसैले यस राशी भएका व्यक्तिहरुलाई सम्पादक ,शिक्षा विभाग ,लेखन ,वकालत ,प्रशासन, शिक्षक र कानुन सम्बन्धी काम गर्दा राम्रो हुन्छ । साथै व्यवसायमा पनि राम्रै हुने योग रहेको छ ।

मकर राशि :

यो राशीहरुको कुण्डली शनि ग्रह भएकाले समाजसेवी, चिकित्सक, नर्स, जेलर, संगीतकार र कृषि जस्ता काममा सफलता मिल्नेछ । साथै बिमा विभाग, ठकेदारीमा पनि राम्रै हुनेछ ।

कुम्भ राशि :

यो राशीहरुको लागी शिक्षण, विज्ञान क्षेत्रको काम, ज्योतिषि, इन्जिनियर र चिकित्सकीय काममा पनि राम्रो हुनेछ । यसको पनि कुण्डली शनि ग्रह नै हो ।

मिन राशि :

मिन राशीको स्वामी वृहस्पति भएकाले लेखन, संपादन, अध्यापन ,पशुपालन , कृषि , कलाकारिता जस्ता कार्यमा सफलता मिल्नेछ ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्