Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं. २ मा रद्द गरिएको एसइई परीक्षा चैत २२-२९ सम्म हुने (तालिकासहित)

काठमाडौं : परीक्षा अगावै प्रश्नपत्र बाहिरिए पछि प्रदेश न. २ मा रद्द र स्थगित गरिएको परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

दुई विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएकोले परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब दुर्गाप्रसाद अर्यालले बताए । प्रदेश न २ मा एसईई परीक्षा दिने विद्यार्थी लगभग ७० हजार ५ सय ६८ रहेका छन् ।

रद्द भएको परीक्षामा २२ गते अनिवार्य विज्ञान,२३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राबिधिक तर्फका विषयहरुको परीक्षा हुने निर्णय बोर्डले गरेको हो ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्