Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्त सञ्‍चार प्रबल गराउने गुणकारी अनार

काठमाडौँ :  अनार खानु स्वास्थ्यका दृष्टिले अत्यन्तै लाभदायक मानिन्छ। चाहे गर्मी होस् वा जाडो अनार खानका लागि कुनै मौसम पर्खिरहनु पर्दैन। दैनिक रुपमा अनार खाँदा स्वास्थ्यमा विभिन्न धेरै फाइदा हुने पोषणविद्हरु बताउँछन् । दैनिक अनार खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै अन्य प्रशस्त फाइदाहरु हुन्छन् ।

यस्ता छन् अनारका फाइदा :

  • गर्भवती महिलाले दैनिक अनार खानाले जन्मिने बच्चा स्वस्थ हुन्छ।
  • रक्तचापमा समस्या भएका व्यक्तिहरुका लागि फाइदाजनक मानिन्छ।
  • स्तन, प्रोस्ट्रेट र फोक्सोको क्यान्सरको सम्भावना कम गर्ने गर्छ।
  • रक्त अल्पता भएका बिरामीहरुका लागि धेरै नै लाभदायक मानिन्छ।
  • पाचन प्रणाली, दाँतको समस्या कम गर्नुका साथै छाला चम्किलो बनाउन मद्दत गर्दछ।
  • वृद्धा अवस्थामा धेरैमा देखापर्ने बिर्सिने समस्या दैनिक अनार सेवनबाट कम हुन्छ।
  • रक्त सञ्चालन राम्रो बनाउन मद्दत गर्दछ।
  • हृदयघात र स्ट्रोकको जोखिम सम्भावनालाई कम गर्दछ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्