Logo
७ बैशाख २०८१, शुक्रबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक भरत लिमेल मगरको नयाँ गीत “तिमीलाई पाउ” सार्वजनिक हुँदै

काठमाडौँ : गायक भरत लिमेल मगरको “तिमीलाई पाउ” बोलको नयाँ गीत यहि हप्ता सार्बजनिक हुँदैछ ।

पनाह अधिकारीको शब्द र ॐ प्रकाश राईको संगीत रहेको यस भिडियोमा निरज श्रेष्ठको संगीत समयोजन रहेको छ । भोला पौडेलको मिक्सिङ रहेको यस भिडियोमा राज बस्नेतको निर्देशन रहेको छ । यस भिडियोमा कृष्णकला मगर,बिकास बस्नेत, रितेश श्रेष्ठ र बाल कलाकार परिश्ना बास्तोलाको अभिनय रहेको छ ।

खोटाङको बारहापोखरी गाउँपालिका वडा नं. १ पिपिलेमा जन्मिएका गायक मगर सानैदेखि संगीत क्षेत्रमा सक्रिय छन् । पेशाले शिक्षक रहेका गायक मगर कपन स्थित रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स पब्लिक स्कुलमा अध्यापन गर्दै आएका छन् । दर्शक तथा श्रोताको मायाले सांगीतिक क्षेत्रमा होमिएका गायक मगरका मायाको आशैमा र मनको कुरा २ गीती एल्बम निकाली सकेका छन् ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्