Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेविसंघले गर्याे काठमाडौँका तीन कलेजमा तोडफोड

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँका तीनवटा कलेजमा तोडफोड गरेको छ । काठमाडौँस्थित एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेलेमा तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।

उक्त कलेजहरुले मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै आफूहरु कारबाहीमा उत्रिएको उनले दाबी गरे । उनीहरुले कलेजको गेटमा माफिया होसियार भन्दै कालो अक्षरले पेन्टिङसमेत गरेका छन् । सोही क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

गत शुक्रबारबाट सुरु भएको व्यवस्थापन संकायको स्नातक पहिलो वर्षको पहिलो सेमेष्टरको परीक्षा दिन विद्यार्थी बञ्चित भएपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो । उक्त कलेजहरुको लापरवाहीका कारण ३ सय बढी विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेविसंघ तोडफोडमा उत्रिएको हो ।

विद्यार्थीलाई परीक्षा दिने वातावरण बनाउन र दोषीलाई कारवाही गर्न माग गरिए पनि बेवस्ता गरेकोले आफूहरु कडा कारबाहीमा उत्रिन बाध्य भएको बताए ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्