Logo
११ बैशाख २०८१, मंगलबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारकाे गैरजिम्मेवारीपनका कारण एसईई परीक्षा रद्द भएकाे डा. शेखर कोइरालाकाे आरोप

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको लापरबाहीका कारण प्रदेश २ मा एसईई परीक्षा रद्द भएको आरोप लगाएका छन् । शनिबार नेता कोइरालाले उक्त घटना राज्यको गैरजिम्मेवारीपनका कारण भएको दाबी गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई तत्काल राजीनामा दिन माग गरेका छन् ।

‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ । यस सवालमा संघीय सरकार चुकेको देखिन्छ । यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ,’ उनले भने ।

सरकारको गैरजिम्मेवारका कारण हजारौं विद्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिए उनको भनाई थियो । राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेश नं २ को एसइई परीक्षा बीचैमा स्थगित हुन पूगेको छ । यसले हजारौं विद्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको छ डा कोइरालाले बताए ।

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्